दफा १०
अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने
(१) यस ऐन बमोजिम खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वा खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत वा व्यावसायिक तथा औद्योगिक उपयोग गर्न चाहने सङ्गठित संस्थाले तोकिएको अधिकारी समक्ष अनुमतिपत्रको लागि तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि "तोकिएको अधिकारी" भन्नाले नेपाल सरकारको हकमा खानेपानी मन्त्रालयले तोकेको अधिकारी, प्रदेश सरकारको हकमा प्रदेश सरकारको खानेपानी सम्बन्धी विषय हेर्ने मन्त्रालयले तोकेको अधिकारी र स्थानीय तहको हकमा स्थानीय तहले तोकेको अधिकारी सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको निवेदन दिँदा सम्बन्धित विषयको आर्थिक, प्राविधिक तथा प्रचलित कानून बमोजिमको वातावरणीय अध्ययन प्रतिवेदन तथा तोकिए बमोजिमका अन्य विवरण समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदनमा आवश्यक छानबिन गर्दा थप कागजात आवश्यक पर्ने वा कुनै विषयमा थप स्पष्ट गर्नुपर्ने देखिएमा तोकिएको अधिकारीले सो बमोजिमका कागजात पेश गर्न वां स्पष्ट गर्न निवेदकलाई सात दिनको समय दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम दिइएको समयभित्र निवेदकले थप कागजात पेश गरेमा वा थप स्पष्ट गरेमा सो मितिलाई नै निवेदन परेको मिति मानिनेछ।